निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न निर्वाचन आयोगलाई एमालेको आग्रह

नेकपा एमालेले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

विगतका कतिपय सन्दर्भमा आयोगको भूमिका आफ्नो दायित्व अनुकुल नभएको एमालेको निष्कर्ष छ । शनिबार सकिएको एमाले केन्द्रीय कमिटीले भनेको छ, ‘कुनै पक्षको दबाव र प्रभावमा नपरी संविधान र कानुनले निर्धारण गरे बमोजिमको निष्पक्ष र तटस्थ भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न निर्वाचन आयोगलाई आग्रह गर्दैछ ।’

एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्ने काम गरिरहको भन्दै अबिलम्ब बन्द गर्न खबरदारी पनि गरेको छ ।


११ भदौ २०७९, शनिवार १९:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु