डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बोग्टान फुड्सिल गाउँपालिका ७ फुल्लेढुङ्गास्थित सडकमा सुपप्र०१००२त ४७७६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो।

उक्त दुर्घटनामा परी ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय जीवन भुलको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। साथै दुर्घटनामा घाइते भएका १ जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 


१० भदौ २०७९, शुक्रवार ०८:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु