डेंगुबाट पूर्व गाविस उपाध्यक्षको मृत्यु
बुटवलमा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका १ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने ७६ वर्षीय चुरामणि आचार्यको डेंगुका कारण मृत्यु भएको हो ।
केही दिनदेखि अस्वस्थ रहेका आचार्यलाई बुधबार थप परीक्षणपछि बिहीबार काठमाडौं लैजाने तयारी गरिएको थियो । बिहीबार थप उपचारका लागि काठमाडौंबाट छोरा टेकराज आचार्य आएर लैजाने तयारी गरेको समयमा दिउसो मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको बिहीबार राती नै त्रिवेणीमा अन्त्येष्टि गरिएको छ । आचार्य अर्घाखाँचीको मरेङ गाविसको पूर्व उपाध्यक्ष हुन् ।
१० भदौ २०७९, शुक्रवार ०७:५१ बजे प्रकाशित












