नेकपा एस सुदूरपश्चिमका संस्थापक अध्यक्षले पार्टी छाडे
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमका संस्थापक अध्यक्ष तथा पोलिटब्युरो सदस्य विक्रमबहादुर शाहीले पार्टी छाडेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफू नेकपा एसमा नरहेको प्रष्ट्याएका हुन् । करिब ६ महिनादेखि निष्क्रिय रहेका शाहीले आजदेखि कुनै पनि दलको सदस्य नरहेको जनाए ।
२०५४ सालमा वामदेव गौतमले एमाले विभाजन गरेको सन्दर्भ उल्लेख गर्दै माधव नेपालको नेतृत्वमा एमाले विभाजन गरेर कांग्रेसलगायत पश्चिमा पुँजीवादीलाई फाइदा पुर्याएको उनको आरोप छ । आफूलाई त्यस कुराको पछुतो र आत्मग्लानी भएको समेत उनले स्पष्ट पारेका छन् ।
९ भदौ २०७९, बिहीवार १३:३७ बजे प्रकाशित












