अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन । सासूमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य ९भिडियो० सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।

सार्वजनिक भएको भिडियोमा उनीहरूले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ । स्थानीयवासीका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्न सक्दिनन् । उनका श्रीमान्ंसमेत शारीरिक अपाङ्गता भएका व्यक्ति हुन् । रासस


९ भदौ २०७९, बिहीवार ११:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु