बाजुरामा विप्लव नेतृत्वको नेकपाका तीन नेता पक्राउ
बाजुरामा नेत्र विक्रम चन्द९विप्लव० नेतृत्वको नेकपाका तीन नेता पक्राउ परेका छन्। बन्दको आह्वान गर्दे हिँडेका ३ नेता सदरमुकाम मार्तडीबाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा नेकपाका जिल्ला सचिव भुपेन्द्र विक, केन्द्रीय सदस्य मानबहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपाली रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताएका छन्।
७ भदौ २०७९, मंगलवार १०:४८ बजे प्रकाशित












