काँग्रेस नेता प्रदीप गिरीको अवस्था गम्भीर
नेपाली काँग्रेसका बौद्धिक नेता प्रदीप गिरीको अवस्था गम्भीर बन्दै गएको उनका स्वकीय सचिव कृष्ण खनालले जानकारी दिए । क्यान्सर रोगबाट पीडित नेता गिरीको ललितपुरको मेडिसिटी अस्पालमा उपचार भइरहेको छ ।
शुक्रबारदेखि उनको अवस्था झन् जटिल र गम्भीर बन्दै गएको खनालले जानकारी दिए । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यतिबेला प्रार्थनाको जरुरी रहेको भन्दै नेता गिरीको स्वास्थ्यलाभको कामना गरे ।
महामन्त्री शर्माले उहाँ जीवनका लागि सङ्घर्षरत रहनुभएको उल्लेख गरे । महामन्त्री शर्माले ट्वीटरमा भन्नुभएको छ, ‘‘अनेक हल्लाहरु केवल हल्ला मात्र हुन्।
४ भदौ २०७९, शनिवार ०९:३८ बजे प्रकाशित












