ऋण तिर्न नसकेपछि महिलाले गरिन् आत्महत्या
कैलालीको गौरीगंगानगरपालिका वडा नम्बर– १ लठैयास्थित युनिक नेपाल लघुबित्तबाट ऋण लिएकी एक महिला मृत फेला परेकी छन् । लघुवित्तबाट ऋण लिएकी चौमाला -१ की ३७ वर्षीया रेश्मा चौधरीले आत्महत्या गरेकी हुन् । उनले ऋण लिएर तिर्न नसकेपछि आत्माहत्या गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले ऋण तिर्न नसकेपछि उनको घरमा ताला लगाइएको थियो ।
प्रहरीका अनुसार लघुवित्तबाट ऋण लिएकी उनको घरमा ताला लागेपछि उनले प्रेसरमा आएर आत्माहत्या गरेकी हुन् । चौधरीले बिहीबार बिष सेवन गरी आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । ‘ऋण तिर्न नसकेपछि घरमा ताला लागेको थियो, प्रेसरमा आएर महिलाले बिष सेवन गरेकी हुन्,’ डीएसपी जोशीले भने ।
चौधरीले विवाहीत छोरीको नामबाट पनि लिएको लोन तिर्न नसकेपछि ती छोरीले ‘मेरा घरबाट बिगार्ने भयौ’ भनेकी थिइन् । त्यसै माथी घरमा लागेको तालाका कारण उनलाई प्रेसर थियो ।
घर बनाउन भनेर उनले उनले संस्थाबाट उनले तीन लाख २० हजार ऋण लिएकी थिइन् । जसको ६ किस्ता पनि रेश्माले तिरी सकेकी थिइन् । यस्तै छोरीको नामबाट पनि उनले २ लाख ५० हजार ऋण लिएकी थिइन् । ‘संस्थाले घरमा गएर ताला लगाउनु गलत हो, तर यसै विषयलाई लिएर आत्महत्या दुरुत्साहन मुद्दा लगाउन मिल्दैन । आत्महत्या दुरुत्साहनमा मृतकका परिवारले पनि जाहेरी दिएका छैनन्’, डीएसपी जोशीले भने । मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिर्पोट भोलि आएपछि थप कुरा खुल्ने छ । अहिले अनुसन्धानमै रहेको उनले बताए ।
उक्त घटनाको सत्य तथ्य छानबिन गरि दोषी उपर कारबाहीको माग गर्दै पीडित परिवारका र अधिकारकर्मी यशोदा बरालले नेपाल लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरेका छन् ।
३ भदौ २०७९, शुक्रवार २३:०९ बजे प्रकाशित












