punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

काठमाडौं,असार ६ । नेपालमा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३३१ जनामा संक्रमण देखिएको हो। आज थपिएका ३३१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १५७८ पुगेको छ।

कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।


६ असार २०७७, शनिवार १०:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु