घट्यो सुन र चाँदीको भाउ
नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा झरेको छ।त्यस्तै सोमबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२२० रुपैयाँमा कारोबार भइरहेको छ।
१६ साउन २०७९, सोमवार १४:५५ बजे प्रकाशित












