राष्ट्रपतिद्वारा जनार्दन शर्मा अर्थमन्त्री नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनले नियुक्ति गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुसम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८र३र२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नु भएको छ ।ु
१५ साउन २०७९, आइतवार १६:२७ बजे प्रकाशित












