झापामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

झापामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ। यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।

उहनका अनुसार कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा-कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १(०१(०१५ प २१४८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

सो दुर्घटनामा स्कुटी चालक झापा(६ का राजेश र सोही स्कुटीमा पछाडि सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की घाइते भएकी थिइन्। घाइते उनीहरूको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा थप उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रवक्ता थापाले बताए।

एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड(१० का ४६ वर्षीय चन्द्रबहादुर विक प्रहरीको नियन्त्रण रहेका छन् ।

 


१५ साउन २०७९, आइतवार १५:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु