काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या ३७ पुग्यो
काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या ३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–६ मा एक जनामा पुष्टि भएसँगै बिरामीको संख्या ३७ पुगेको हो ।
मन्त्रालयका अनुसार तीन जना बिरामीको अस्पतालमा उपचार भइरहेको छ । अधिकांशमा हैजाको स्रोत पानी रहेको छ ।
१५ साउन २०७९, आइतवार १५:०० बजे प्रकाशित












