साफ यू-२० च्याम्पियनसिप नेपालले आज भारतसँग खेल्ने

साफ यु–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज साविक विजेता भारतको सामना गर्दैछ । कालिंगा स्टेडियममा हुने नेपाल र भारतबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।

नेपाल आज लगातार तेस्रो जित निकाल्दै फाइनलको यात्रा निश्चित गर्ने लक्ष्यमा छ । पहिलो खेल गुमाएको भारतलाई पनि फाइनलको लागि आजको खेल महत्वपूर्ण छ ।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० तथा दोस्रो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले स्तब्ध पारेको थियो । नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

भारत भने २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।


१५ साउन २०७९, आइतवार ०८:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु