स्वास्थ्य कार्यालय कैलालीमा कार्यरत एक कर्मचारीको मृत्यु

कैलालीमा घाइते भेटिएका एक कर्मचारीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ तारानगर बस्दै आएका स्वास्थ्य कार्यालय कैलालीमा कार्यरत ३९ वर्षीय कर्मचारी जयसिंह भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार भण्डारी कोठामै शनिबार दिउँसो झुण्डिएर घाइते अवस्थामा फेला परेका थिए । घाइते भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमै राखिएको छ ।

 


१४ साउन २०७९, शनिवार २१:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु