देशभर ५७७ संक्रमित थपिए, २ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा ५७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार २८२ कोरोना परीक्षण गर्दा ५७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार ४७४ पीसीआर परीक्षण गर्दा ३९१ र एक हजार ८०८ एन्टिजेन परीक्षण गर्दा १८६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २६९ जना सङ्क्रमण मुक्त भएका छन् भने चार हजार ३५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसैगरी, २४ घण्टामा २८ हजार २५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


१३ साउन २०७९, शुक्रवार १७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु