डोटीका प्रहरी हवलदार धामीकाे हेलिकप्टरमार्फत उद्धार
डोटीको प्रहरी चौकी डौडमा कार्यरत प्रहरी हवलदार गगनसिंह धामीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । पहिरोको जोखिमबारे बुझ्न हिजो दिउँसो सायल गाउँपालिका–२ सिर्मा बस्तीमा जाने क्रममा धामी बेहोस हुनु भएको थियो ।
त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि नेपालगञ्ज लागिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए । उनका अनुसार धामीको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
६ साउन २०७९, शुक्रवार १०:५६ बजे प्रकाशित












