चट्याङ लागेर हुम्लामा ५० बाख्रा मरे

हुम्लामा चट्याङ लागेर ५० भन्दा बढी बाख्रा मरेका छन् । सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो संख्यामा बाख्रा मरेका हुन् ।

चट्याङले सर्केगाडको वडा नम्बर २ मा ५० भन्दा बढी बाख्रा मारेको छ भने एक व्यक्ति घाइते भएका छन् । रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेका सर्केगाड वडा नम्बर २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए ।

वडाध्यक्ष कार्कीका अनुसार चट्याङले घाइते भएका छक्क कार्कीको अवस्था अहिले सामान्य छ । चट्याङ लागेर घाइते हुनेबित्तिकै कार्कीलाई रिपस्थित मूलघर ल्याइएको थियो । खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन् । चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको वडाध्यक्ष कार्कीले बताए ।


६ साउन २०७९, शुक्रवार ०९:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु