दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका उप-प्राध्यापक पालको निधन
कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका उप प्राध्यापक मानबहादुर पालको निधन भएको छ ।
मस्तिष्क घात भई धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचाररत पालको बिहिबार साँझ उपचारकै क्रममा निधन भएको हो ।
पाललाई मस्तिष्कघात भएपछि असार २७ गते निसर्ग अस्पतालमा भर्ना गरिएको थियो । पालको ५० बर्षको उमेरमा निधन भएको हो ।
उनी बिगत १३ बर्षदेखि दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा अध्यापन गराउदै आएका थिए । उनी सुदुरपश्चिम विश्वविध्यालय प्राध्यापक संघको केन्द्रीय सदस्य समेत रहेका थिए ।
६ साउन २०७९, शुक्रवार ०९:२१ बजे प्रकाशित












