महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द

महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द गरिएको छ । अविरल वर्षाका कारण नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव बढेपछि गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा सवारी आवागमन बन्द गरिएको छ।


५ साउन २०७९, बिहीवार ०८:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु