नेपाली क्रिकेटका प्रशिक्षक पुबुदुले दिए राजीनामा
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दाशानायाकेले राजीनामा दिएका छन् । पुबुदुले बुधबार पत्रकार सम्मेलन गरी व्यक्तिगत कारण देखाउदै राजीनामा दिएका हुन् । पछिल्लो पटक नेपाल लगातार पराजित भएपछि प्रशिक्षक पुबुदु दबाबमा थिए । लिग टु मा नेपालले पछिल्ला दुई सिरिजमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको थिएन ।
तर पुबुदुले भने राजीनामा दिनुमा व्यक्तिगत कारण देखाएका छन् । पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।
पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण संहालेका थिए । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो ।
४ साउन २०७९, बुधवार १५:५२ बजे प्रकाशित












