बाजुराको बुढीगंगा नदीको कटानले ४ घर भत्कायो

बाजुराको बडिमालिका नगरपालिका– २ भौनेरामा बुढीगंगा नदीको कटानले ४ घर भत्किएका छन् । मंगलबार राति अविरल वर्षासँगै बुढीगंगा नदीमा पानीको बहाब बढेपछि चारवटा घर कटानमा परेका नेपाल पत्रकार महासंघ बाजुराका सहसचिव गंगाराज पण्डितले जानकारी दिए ।

उनका अनुसार गंगराज पण्डित र अम्मराज पण्डितका घर पूर्ण रूपमा बगाएर लगेको र चन्दराज पण्डित र लक्षी पण्डितको घर आधा बगाएको छ ।


४ साउन २०७९, बुधवार १३:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु