सुदूरपश्चिमका तीन जिल्लाका ४ मुख्य राजमार्ग अवरुद्ध
वर्षापछि आएको बाढीपहिरो सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका ४ ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको छ । दार्चुला, बैतडी र बझाङमा पहिरोले मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुनर्या गाउँपालिका–१ को भन्ज्याङ भन्ने ठाउँमा मुख्य राजमार्गमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
बझाङको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा सेती नदीले कटान गरेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
४ साउन २०७९, बुधवार ०९:१५ बजे प्रकाशित












