गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ पीसीआर परीक्षण गराउँदा मुख्यमन्त्रीमा कोरोना पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पोखरेललाई आाइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएकोमा मंगलबार बिहान स्वाब संकलन गरिएको थियो ।

चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । बुधबार बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । मुख्यमन्त्री पोखरेल पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।


३ साउन २०७९, मंगलवार २२:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु