कञ्चनपुरको पुर्नवासमा खुकुरी प्रहारबाट ३ जना घाइते
कञ्चनपुरमा खुकुरी प्रहारबाट ३ नजना घाइते भएका छन् । पुर्नवास मोतिबस्तीका टेक बहादुर सार्कीले खुकुरी प्रहार गर्दा पुनर्वास न.पा. २ अमरैयाका ४७ वर्षीय बिरासिंह राना, ३८ बर्षिया मधु महता र ४५ बर्षिया धनसरा रावत घाइते भएका छन् ।
मधु महताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिरासिंह र धनसराको बिएम पोलिक्लिनिकमा उपचार भइरहेको छ भने गम्भीर घाइते रहेकी मधुलाई धनगढी ल्याइएको छ ।
खुकुरी प्रहार गर्ने टेक बहादुर सार्कीलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र बहादुर शाहले बताए । खुकुरी प्रहार गर्ने सार्कीको मानसिक अवस्था ठिक नभएको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३ साउन २०७९, मंगलवार २१:५३ बजे प्रकाशित












