प्रदेश संमरचनाः जनता भन्छन् खारेज गरौं, नेता भन्छन् राख्नुपर्छ

पछिल्लो समय संघीयताको विषयमा विभिन्न कोणहरूबाट वहस हुन थालेको छ । संघीयता कार्यान्वयनको ५ वर्ष पुग्दै गर्दा संघीयता भित्रको एउटा तह प्रदेश संरचना नै ठिक नभएको भन्ने कोणबाट अहिले जताततै वहस हुन थालेको छ ।

पछिल्ला केही दिनमा सामाजिक सञ्जालमा संघीयता खारेज गरौँ भन्ने नारा सहितका अभियान नै चलाएको देखिन्छ । युवा मात्र हैन, टाठा बाठा, पढेलेखेका, व्यापारी, प्राध्यापन क्षेत्रका व्यक्तिहरू पनि संघीयताको विषयलाई लिएर निराशाको कुरा मात्र गर्दैनन्, प्रदेश संरचना खारेज हुनु पर्ने भन्दै खुलेरै बहस गर्न थालेका छन् ।

केही दिन अघि मात्रै धनगढी आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि पत्रकार सम्मेलनमा स्थानीय सरकारलाई केही अधिकार थप गरेर जिम्मेवार बनाउनु पर्छ र संघीय सरकार र स्थानीय सरकारको आवश्यक रहेको र प्रदेश सरकारलाई खारेज गर्नुपर्ने बताएका थिए ।

धनगढी वडा नम्बर १ का पुर्ण साँउदले केही दिन अघी आफनो फेसबुक वालमा प्रदेश–सरकार–खारेज–गरौं !भनेर लेखेका छन् । कमिसनका योजनाहरु सबै मिलीजुली खाने तर्फ लागेकोे उनले बताए । ‘यो त देशलाई टाटपल्टाउने बाहेक अरु के नै हुन सक्छ र,’ उनले भने ‘त्यो भन्दा त प्रदेश सरकार नभएकै बेस ।’

धनगढीका दिपक ओलीले प्रदेश सरकारले देश माथि आर्थिक भार थपेको बताए ।‘प्रदेश सरकारको काम छैन प्रदेशमा एउटा बलीयो संरचना बनाइदिने बेकारका सांसद,मन्त्रीले झण्डा हलाउने बाहेक अरु केही काम छैन यी नलाई हटाइदिने र स्थानीय तहलाई अलि बढी पावर फूल बनाउनुपर्छ ।’ उनले भने प्रदेश सरकार विचौलिया जस्तो भएको उनको भनाइ छ ।

‘प्रदेश सरकारलाई कोले पालन सक्छ खाली सेतो हाती जस्तो भयो काम छैन यसको ।’उनले भने
प्रदेश सरकारको केही कतै सकृयता नदेखिएको कानुन व्यवसाय ओम जोशीले बताए । ‘प्रदेश सरकारको सकृय भूमिका देखिएन आफै निर्णय गर्न सक्दैन उनले भने स्थानीय निकाय पनि आफै अधिकार सम्पन भएकाले उहाँहरु को त्यस्तो खालको भूमिका देखिएन आम नागरिकको जन–जिवनका सरोकारका विषय हेर्न हो भने कुनै पनि प्रादेशिक कार्यालयहरुमा आम नागरिकहरु घुँइचो भाको सेवा गाह्रीको रुपमा जाने भने देखिएन यसले गर्दा प्रदेश सरकारको भूमिका निर्भा गर्न सकिएन कि भने जनमानसमा छ ।’

जुन प्रदेश सरकार आएपछि सरचना राखिएको छ त्यो भनेको एक प्रकारको राजनितिक कार्यकर्ता व्यवस्थापन गर्नको लागि मात्रै देखिएको उनले बताए । ‘कता–कता यो प्रादेशिक संरचना हामीका अहिले थेग्न नसक्ने र अलिकता असान्दर्भिक छ की भने देखिन्छ ।’उनले भने
राजनितिक विश्लेषक देवराज अवस्थीले प्रदेशको आय स्रोत नभएको ठाँउमा प्रदेश सरकारको आवश्यकता नरहेको बताए ।

‘आफनो स्रोत साधन छैन केन्द्रबाट जति बजेट आयो त्यसैले परिचालित गर्न उनीहरुको भतामै ठिक हुन्छ सुविधामा ठिकै हुने अवस्था छ । त्यो पैसा त भता लिन्छन सुविधा लिन्छन त्यो पैसा त तलो तहमा दिएको भए अलि कति भएपािन फाइदा हुन्थ्यो कि जस्तो पनि लाग्छ कता–कता ।’ उनले भने

जुन प्रदेशमा आफनो राजश्व उठाउने ठाँउ छ आयस्रोतको व्यवस्था भएको ठाँउमा प्रदेश सरकारको आवश्यकता रहेको उनले बताए । ‘प्रदेश सरकारले असल किसिमले न त काम गर्न सकेको अवस्था छ,’ उनले भने, ‘यो कारणले गर्दा खेरी जनताले प्रदेश सरकार काम छैन भनेर प्रश्न उठाउनु पनि कता –कता स्वभाविक हो जस्तो लाग्छ ।’

नेकपा एमालेका नेता रणबहादुर चन्दले जनताले प्रदेश सरकार आइसकेपछि राम्रो काम गर्ला भनेर आसा र विश्वास गरेका थिए त्यस अनुसार काम नँहुदा जनताले प्रदेश सरकारको अनुभुति नगरेको बताए ।

‘प्रदेश सरकारमा हामीले दखिरहेका छौँ बजेट बाडफाडका कुरा देखि लिएर जुन योजना निर्माणका जुन खालको उदासिन्ता प्रदेश सरकारको पाउका छौँ यसले गर्दा वास्थामा जनताप्रति वितृष्णा जागेको छ र वितृष्णा जानगने वितिकै यो कुरा सिस्टम नै गलत हो भने निष्कस निकालि हाल्नु हुदैन तर पनि जुन अहिलेको वर्तमान सरकारका गति विधिहरु छन यसले पनि वास्थमा कै सघीयता माथी यो सिस्टममै बारे सोचनुपर्न होकीभने खालको प्रश्न उपचेको छ तर अहिले नै पुरै सिस्टम नै गलत हो भने निश्कर्ष निकालि हाल्नु हुदैन ।’ उनले भने

नेपाली काँग्रेस कैलाली जिल्लका सचिव नृप.बहादुर सुनारले प्रदेश सरकारको काम गर्न कियाकलाले गर्दा जनता माज वितृष्णा जगाएको बताए । ‘प्रदेश सरकार खारेज गर्नुपर्छ भने सोर आम मान्छेमा उठेको छैन,’उनले भने,‘यीनले गर्न कियाकलापहरुका प्रति मान्छेहरु सन्तुष्टि छैनन् जनताहरु सन्तुष्टि छैनन् यीनले गर्न विकास निर्माण देखि यीनले गर्न अरु कियाकलाप हरुमा पनि जनताहरु सन्तुष्टि छैनन् तर राज्यको संरचना अनुसार हामीले खोजेको हाम्रो विकास हाम्रो प्रदेश हामीले नै बनाउनुपर्छ हामीले नै त्यसको विकास सम्भावना हामीले नै खोजनुपर्छ यसको परिकल्पना गरेकोे हो ।’

सुरुवाती चरणमा भएकाले पनि प्रदेश सरकारले कानुन बनाउने देखि अरु प्राविधिक कामहरुमा समय दिएकाले काम गर्न नसकेको उनले बताए । ‘प्रदेश सरकार हुनुपर्छ ।’उनले भने
सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्णा जोशीले प्रदेश सरकार प्रति जनताको आक्रोस उठनु सोभाविक रहेको बताइन् ।

‘प्रदेश सरकार नै गलत हो भने कुराहरु अपुष्टको कुरा हो हामीले बलिदान गरेर करिव ७२ वर्षको इतिहासमा एउटा संविधान सभा बाट संविधान बनी सकेपछि त्यसले संघीय लोकतान्त्रीय गणतन्त्रको सुनिचिता गरिसकेपछि संविधान भन्दा माथि कोही पनि हुन सक्दैन कि संविधान करेसन (सचाइनुपर्छ) हुनुपरो यो चाइदैन भर्नुपरो ।’उनले भनीन

संघीय संरचना नै गलत भए संविधान नै खारेज गर्नुपर्छ नत्र संविधान संसोधन गर्नुपर्न उनले बताइन् ।‘केही भएन भने त होइन,’ उनले भनीन, ‘धेरै कामहरु भएको छ गलत गर्न ठाँउहरुमा सार्वजनिक गर्न कुराहरु गलत गर्न जति प्रदेश बाँकी सवै ले ठिक गराछैन भने खालको कुराहरु अलिकति अपरिपको बुझाइ हो भने लाग्छ ।’ अरु तहले गलत गरेको छैन भने प्रदेश सरकारले गलत गरेको भए खारेज पनि गर्नुपर्न हुनसक्ने उनको भनाइ छ ।


३ साउन २०७९, मंगलवार १०:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु