सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ
सडक बालबालिकालाई विभिन्न प्रलोभन देखाइ भारतमा मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ परेको छ ।
शरीरमा दुईवटा मिर्गौलामध्ये एउटा बेच्दा केही नहुने र ५ लाखसम्म कमाइ हुने लोभ देखाएर बालबालिकालाई भारत लैजान ठिक्क पारेको सूचनाको आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार गत १५ गते धुपेन्द्र शाही, विजय कुँवर र विमलबहादुर शाहीलाई पक्राउ गरिएकोमा उनीहरूको बयानका आधारमा विधान, हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका र छोटे भन्ने आशिष तामाङलाई २८ गते नियन्त्रणमा लिइएको हो ।
१ साउन २०७९, आइतवार १४:१२ बजे प्रकाशित












