६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक युवक पक्राउ 

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई  पक्राउ गरेको छ ।

बर्दीया मधुवन नगरपालिका-६ गरेको गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

सोही ठाउँस्थित गोठको पछाडी लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


१ साउन २०७९, आइतवार १२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु