कैलालीमा एक पुरुषको शव फेला

कैलालीमा एक पुरुषको शव फेला परेको छ । गोदावरी न.पा. १ धनगढी रोड स्थीत भित्री सडक खण्डमा बैतडीको सिगास गाउँपालिका–४ का करिव ३९ वर्षीय पदमसिंह धामीको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अत्तरियास्थित सव–डिभिजन वन कार्यालय नजिक धामीको शव फेला परेको थियो ।

घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।


३२ असार २०७९, शनिवार १९:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु