कैलाली जनपुस्तकालयको सदस्यमा रैका सर्वसम्मत

कैलालीका अत्यन्तै सक्रिय सामाजिक अभियन्ता एवं  अधिकारकर्मी राजेन्द्र रैका सुदूरपश्चिमको ऐतिहासिक संस्था कैलाली जनपुस्तकालयको कार्यसमिति सदस्यमा चयन हुनुभएको छ ।
शुक्रवार बसेको जनपुस्तकालयको बैठकले रैका लाई सदस्य पदमा सर्वसम्मत रूपमा चयन गरेको हो ।

दुई दशक देखि मानवअधिकार सामाजिक न्याय र युवा सशक्तीकरण,दलित सीमान्तकृत समुदायको हक अधिकार  एवं  रूपान्तरणको क्षेत्रमा  योगदान पुर्याएको भन्दै कैलाली जनपुस्तकालयले आफ्नो ६५औँ बार्षिकोत्सबमा अभियन्ता रैकालाई राष्ट्रिय सम्मान प्रदान गरेको थियो ।

एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले माला, दोसल्ला सम्मान पत्र सहित  युवा प्रतिभा राष्ट्रिय सम्मान ९२०७८ ले सम्मान गर्नुभएको थियो  ।
अधिकारकर्मी रैका दर्जन बढी संघसंस्थामा आबद्ध रही सुदूरपश्चिमको विकास समृद्धिका  क्रियाशील  छन् ।

 


३२ असार २०७९, शनिवार १९:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु