कैलालीमा चट्याङ लागेर एक महिलाको मृत्यु
कैलालीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलारी गाउँपालिका– १ रानामुरा गाउँ बस्ने ५६ की सुगपंखी देवी चौधरी रहेको प्रहरीले जनाएको छ ।
आज बिहान खेतमा रोपाई गर्न लागेकी उनको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए ।
चट्याङ लागेर घाईते भइकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको डिएसपी जोशीले जनाकारी दिए ।
१४ असार २०७९, मंगलवार १०:४७ बजे प्रकाशित












