कञ्चनपुरमा चट्याङ लागेर खेतमा काम गरिरहेका २ जनाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए ।

‘चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयोु, प्रहरी निरीक्षक मल्लले भने, ‘अहिले शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेका छौँ ।’

त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएका छन् ।


१४ असार २०७९, मंगलवार ०९:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु