सरकारले घटायो पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ
सरकारले डिजेलमा प्रतिलिटर २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटाएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो।
उक्त निर्णयपछि आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति दिलेन्द्र बडूले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ कर घटाइएको जानकारी दिए।
योसँगै डिजेल प्रतिलिटर १६३ तथा पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ पुगेको छ। यो मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ। सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ।
११ असार २०७९, शनिवार २०:१२ बजे प्रकाशित












