कैलालीमा ३० थान सालको गोलियासहित ३ जना पक्राउ
कैलालीको बर्दगोरियामा ३० थान सालको गोलियासहित ३ जना पक्राउ परेका छन् । बर्दगोरिया- ३ रानीकुन्डाको खल्ला खेतबाट अवैध रूपमा ल्याउँदै गरेको २१९.९० क्यु फिट गोलियासहित स्थानीय तीन जना पक्राउ परेका हुन् ।
सबडिभिजन वन कार्यालय बर्दगोरिया र साडेपानीको संयुक्त टोलीले ७ गोरु गाडामा रहेको गोलिया बरामद गरेको सहायक वन अधिकृत गौचरन चौधरीले जानकारी दिए ।
उनका अनुसार बर्दगोरिया वडा ६ का दीर्घ बिक, रमेश बिक र अर्जुन भुल पक्राउ परेका हुन् । काठ तस्करीमा संलग्न अन्य चार जना फरार रहेको चौधरीले बताए । उनीहरूको खोजी भइरहेको छ । पछिल्लो समय यहाँका सामुदायिक तथा राष्ट्रिय वनमा चोरी निकासी बढिरहेको छ ।
१० असार २०७९, शुक्रवार १५:३० बजे प्रकाशित











