धनगढी उपमहानगरपालिकाले पौने २ अर्ब बढीको बजेट ल्याउँदै
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
आज आठौँ नगर सभामा पेश हुने धनगढी उपमहानगरपालिकाको बजेटको आकार आगामी आर्थिक वर्ष २०७९र७० मा एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा प्रस्तुत हुने बताइएको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा एक अर्व ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । आज उपप्रमुख कन्दकला रानाले सभामा पेश गर्ने बजेट आकार एक अर्व ८२ करोडको हाराहारीमा ल्याउन लागेको जनाइएको छ ।
१० असार २०७९, शुक्रवार १४:३५ बजे प्रकाशित












