स्वतन्त्र पार्टीमा सभापतिसहित ११ पदाधिकारी रहने, २१ केन्द्रीय सदस्यको नाम गोप्य

सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा ११ जना पदाधिकारीको टिम रहने भएको छ । लामिछानेले सभापति पदमा रहेर पार्टीलाई नेतृत्व गर्ने छन् । पार्टीले निर्वाचन आयोगमा बुझाएको विवरणमा ११ पदाधिकारीको व्यवस्था गरिएको हो ।

अहिलेलाई भने एक प्रवक्ता मात्रै नियुक्त गरिएको छ । पार्टीले डा। मुकुल ढकाललाई प्रवक्ता नियुक्त गरेको हो । उनले रासकोट अस्पताल निर्माणमा रविलाई सघाएका थिए । नवनियुक्त प्रवक्ता ढकालले पार्टी पदाधिकारीहरूमा तत्काल मनोनयन नहुने बताए ।

‘हाललाई सभापति र प्रवक्ता मात्रै रहेका छौँ, अरू पदको मनोनयन तत्काल हुँदैन,’ उनले भने ।

ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापतिपछि उपसभापति र महामन्त्रीहरू रहने छन् । पार्टीको प्रस्तावित विधानमा एक महामन्त्री, एक कोषाध्यक्ष र एक प्रवक्ता रहने व्यवस्था छ । बाँकी पदाधिकारीहरूमा तीन उपसभापति, ३ सह महामन्त्री र एक सह प्रवक्ता रहनेछन् । सभापति र प्रवक्ताबाहेक पदाधिकारी चयन सम्भवतः महाधिवेशनपछि मात्रै हुनेछ ।

स्वतन्त्र पार्टीको घोषणा सभामा २१ जनाको तदर्थ समिति रहने जानकारी गराइएको थियो । तर, अहिलेसम्म यो समितिमा रहेका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन ।

 


१० असार २०७९, शुक्रवार १३:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु