थप ४९ जनामा कोरोना संक्रमण, १६३ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २३४ जनाको पीसीआर परीक्षणमा ३३ जना र १ हजार २६० जनाको एन्टीजेन परीक्षणमा १६ जना गरी ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १६० जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८६६पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् ।

 


९ असार २०७९, बिहीवार १७:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु