देशभर थप २३ जनामा कोरोना संक्रमण, १०८ जना सक्रिय संक्रमित

देशभर पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ जना होम आइसोलेसनमा रहेका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ठ३९ पुगेको छ ।


५ असार २०७९, आइतवार १९:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु