सेती नदीमा खसेर एक युवतीको मृत्यु
सेती नदीमा खसेर डोटीकी एक युवतीको मृत्यु भएको छ। आदर्श गाँउपालिका– ६ की १८ वर्षीया ढुल्लु अधिकरीको काठले बनाएको साँघुबाट खसेर मृत्यु भएको हो।
बिहिबार बिहान आदर्श–६ गिरीचौकाको बबिनादेखि बैतडीको सिगास गाउँपालिका–७ साङडामा रोपाईँका लागि जाँदै उनी साँघुबाट खसेको प्रहरीले जनाएको छ ।
गत कात्तिकमा परेको अबिरल वर्षाका कारण गिरीचौका र बबिना जोड्ने झोलुङ्गे पुल बगाएपछि स्थानीय सोही साँघुबाट ओहोर–दोहोर गरिरहेका छन्।
२ असार २०७९, बिहीवार १३:५२ बजे प्रकाशित












