प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट
प्रदेश १ सरकारले ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको छ । बुधबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट पेस गरेका हुन् ।
प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।
त्यसैगरी समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानमार्फत ४७ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ । बाँकी रकम भने मौज्जाद र वैदेशिक अनुदानमार्फत उपलब्ध हुने आर्थिक मामिलामन्त्री आङ्बोले बताए ।
बटेजमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदहरूलाई जनही १ करोड रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो पटक यसअघि आर्थिक मामिलामन्त्री आङ्बोले नै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाएका थिए ।
१ असार २०७९, बुधवार २०:४५ बजे प्रकाशित












