आजदेखि हप्तामा २ दिन बिदा खारेज
आजदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज भएको छ। कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागु भएको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो।
आजदेखि बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ। सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
यसअघि सरकारले जेठ १ गतेदेखि शनिवार र आइतबार गरी हप्तामा २ दिन बिदा निर्णय गरेको थियो ।
१ असार २०७९, बुधवार ०९:१४ बजे प्रकाशित












