एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि नेपाली क्रिकेट टिमको बिदाइ
नेपाल क्रिकेट संघ ९क्यान०ले एसीसी महिला टी-२० च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टिमलाई बिदाइ गरेको छ । मंगलबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीहरूले टीमलाई बिदाइ गरेका हुन् ।
क्यानले प्रतियोगिताको लागि रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेको छ । यसअघि प्रतियोगिताको लागि क्यानले प्रारम्भिक टिममा १९ खेलाडी बोलाएको थियो ।
जुन १७ देखि मलेसियामा हुने च्याम्पियनसिपमा नेपाल, हङकङ, कुवेत, बहराइन र भूटानसँगै समूह ‘बी’ मा छ ।
नेपालले प्रतियोगिताअन्तर्गत जुन १७ मा भूटानविरुद्ध पहिलो खेल खेल्ने तालिका छ । यस्तै जुन १८ मा कुवेत, जुन २० मा बहराइन र जुन २१ मा हङकङविरुद्ध खेल्ने छ ।
३१ जेठ २०७९, मंगलवार १६:४० बजे प्रकाशित












