दोस्रो टी–२० मा पनि दक्षिण अफ्रिकासँग भारत ४ विकेटले पराजित

अन्तर्राष्ट्रिय टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको छ ।

आइतबार जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृंखलामा २–० को अग्रता बनाएको छ ।

भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले सर्वाधिक ८१ रन बनाए । भारतका भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनायो ।

भारतका श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए । दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले २ विकेट लिए ।


३० जेठ २०७९, सोमवार ०७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु