धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु

धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका-१ कार्कीडाँडा बस्ने ४३ वर्षीया मिरा क्षेत्रीको करेन्ट लागेर शनिवार राति मृत्यु भएको हो ।

बारीमा मकै गोड्ने क्रममा बिजुलीको पोलमा छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।


२९ जेठ २०७९, आइतवार २०:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु