सर्लाहीमा आफ्नै मामाको हत्या आरोपमा युवक पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । लालबन्दी नगरपालिका– ११, हिरापुरका ३१ बर्षीय रवि विकले शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बताए । मृतक अशोक भने लालबन्दी–१७, रानीगञ्जका वासिन्दा हुन् ।

प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए । गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लग्दै गर्दा बाटोमा नै मृत्यु भएको डीएसपी बुढाथोकीले जानकारी दिए । र


२८ जेठ २०७९, शनिवार २०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु