प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै
सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रतिनिधि सभा निर्वाचन आगामी १० मंसिरभित्रै गर्ने गरी अघि बढेका छन् ।
स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी छलफलमा जुटेका हुन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षासहित प्रतिनिधि सभा निर्वाचन मिति अनौपचारिक छलफल भएको थियो । यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो ।
१९ जेठ २०७९, बिहीवार ०९:१३ बजे प्रकाशित












