एकल महिला र बालबालिकालाई आर्थिक सहयोग प्रदान
धनगढी उपमहानगरपालिकाका विभीन्न वडाका विपन्न एकल महिला र तिनका बालबालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ । युनिसेफ नेपालको सहकार्यमा बागेश्वरी असल शासन क्लब (बास नेपाल) ले सो आर्थिक सहयोग प्रदान गरेको हो ।
नवनिर्वाचित जनप्रतिनिधीहरुद्वारा वडा नम्बर ८ र ९ मा रहेका विपन्न एकल महिला र तिनका बालबालिकाहरुलाई दिगो जिवीको पार्जत तथा बालबालिकाहरुलाई शैक्षिक सामाग्री खरिद गर्नका लागि आर्थिक सहयो प्रदान गरिएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेका २ जना महिलाहरुलाई दिगो जिवीकोपार्जनका लागि बंगुरको पाठो खरिद गर्न र २ जना एकल महिलाका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्न आर्थिक सहयोग प्रदान गरिएको हो ।

यस्तै वडा नम्बर -८ मा रहेका २ जना एकल महिलाका बालबालीकाहरुलाई पनि विद्यालय भर्ना गर्न तथा शैक्षिक सामाग्रि खरिद गर्नका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । आफु निर्वाचिन भए लगत्तै आफ्नो वडामा रहेका विपन्न र गरिब बालबालिकाहरुलाई यसरी सहयो गर्न पाउदा आफुलाई निकै खुशी लागेको बताउदै वडा नम्बर -८ का वडा अध्यक्ष जुगराम चौधरीले युनिसेफ र बास नेपाललाई धन्यवाद समेत दिए ।

यस्तै वडा नम्बर- ९ का वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले पनि युनिसेफ र बास नेपालले निकै राम्रो कार्य गरेको भन्दै धन्यवाद दिएका छन् । उनले यस्ता सामाजिक कार्य अझै हुनु पर्ने पनि बताए ।
१२ जेठ २०७९, बिहीवार २२:४६ बजे प्रकाशित













