तीनवटा निर्णय गदै अध्यक्ष बिष्टले गरे पदभार ग्रहण
धनगढी उप महानगरपालिका वडा नम्बर १४ का नव निर्वाचित अध्यक्ष मानबहादुर बिष्टले पदभार ग्रहण गरेका छन् । नगर प्रमुख गोपाल हमालबाट शपथ ग्रहण गरेपछि बुधवार वडा कार्यालयमा पुगेर बिष्टले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण सँगै बिष्टले पहिलो निर्णय सामाजिक सुरक्षा भत्ता टोल टोलमै जनप्रतिनिधि रोबरमा वितरण गर्न बताएका छन् । भूमिहीन सुकुम्वासी अवेवस्थीत दलित लालपूर्जा वितरणका लागि राष्ट्रिय भूमि आयोग कैलाली मार्फत पहल गरिने जनाएका छन्।
वडा कार्यालय परिसदमा वृक्षारोपण गर्न निर्णय गरेका छन् । तिनवटा निर्णय गदै बिष्टले वडाध्यक्षको जिम्मेवारी समालेका छन् । बिष्टले पुराना जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गरेका छन् ।
गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा धनगढी वडा नम्बर १४ को वडाध्यक्षमा बिष्ट सहितको प्यानल निर्वाचित भएको थियो। यस्तै महिला सदस्यमा काँग्रेसकै बिन्दु तामाङ, दलित महिला सदस्यमा कृष्णा नेपाली,सदस्यमा मानबहादुर खत्री (क्षेत्री) र रमेश चौधरी निर्वाचित भएका थिए ।
११ जेठ २०७९, बुधवार ११:४४ बजे प्रकाशित












