विजयी भोजमा जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा १७ जना घाइते

कञ्चनपुरमा विजयी भोजमा जाँदै गरेको ट्र्याक्टर दुर्घटना भएको छ। जिल्लाको पुनर्वास नगरपालिका ५ ग गाउँमा काँग्रेसको विजयी भोजमा जाँदै गरेको से२त २१९१ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ। घाइतेहरुको उपचार धनगढीस्थित माया मेट्रो अस्पतालमा भइरहेको बताइएको छ ।


११ जेठ २०७९, बुधवार ०९:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु