आजको मौसम: मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना
आज पनि बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले भने देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली छ ।
दिउँसोसम्म पानी नपर्ने तर त्यसपछि भने पहाडी जिल्लासहित मधेस प्रदेशका केही ठाउँमा समेत पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिमी बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।
प्रिमनसुनका गतिविधि सक्रिय रहेकाले अबको केही दिन मौसम यस्तै रहने मौसमविद्ले बताएका छन्।
१० जेठ २०७९, मंगलवार ०८:४० बजे प्रकाशित












